केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जन्ती बोकेको बस दुर्घटना हुँदा धनुषामा १३ जना घाइते

सहयात्रा टिभी

धनुषा । असार १७, जन्ती बोकेको बस धनुषामा दुर्घटनाहुँदा १३ जना घाइते भएका छन् । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस गएराति पूर्वपश्चिम राजमार्ग अन्र्तगत पोर्ताहामा दुर्घटनामा पर्दा १३ जना जन्ती घाइते भएका हुन् ।


पैदलयात्रीलाई जोगाउने क्रममा बस पल्टिएको स्थानीयले बताए । बस सडक छेउको कल्भर्टबाट तल खसेको छ । घाइते सबैको धनुषामा उपचार भइरहेको छ । बस चालक फरार छन् ।

प्रकाशित : 1 July, 2024

प्रतिक्रिया दिनुहोस्