केपी ओली प्रचण्ड माधव नेपाल एमाले


करेन्ट लागेर युवकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार १९, नेपालगञ्जमा करेन्ट लागेर ३५ वर्षीय एक युवकको मृत्यु भएको छ ।

घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका– २० का विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । घरका एक्ला छोरा विकासकी श्रीमती र ११ वर्षीया छोरी छन् । विकासकी श्रीमती नौ महिनाअघि मात्र वैदेशिक रोजगारीमा जानुभएको थियो ।

प्रकाशित : 3 July, 2024

प्रतिक्रिया दिनुहोस्