आज तितो करेला, लौका, परवर, चिचिण्डो केजीको ३० रुपैयाँ भन्दा कम अन्यको कति ?

सहयात्रा टिभी

काठमाडौं । असार २१, आज शुक्रबार गोलभेडा ठूलो(नेपाली) ७० रुपैयाँ केजीमा पाइन्छ भने अधितम८० रुपैयाँसम्म पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको । यस्तै सानो गोलभेडा लोकलन्यूतनतम२५ रुपैयाँ रहेको छ । टनलेको भने ४० रुपैयाँ रहेको छ ।

यस्तैगरी आलु रातो आलु ६० रुपैयाँ रहेको छ । मुढेको ५० रुपैयाँ रहेको छ । सुकेको प्याज ८५ रुपैयाँ देखि ९० रुपैयाँसम्म रहेको छ । बन्दा (लोकल) २० रुपैयाँ केजी काउली स्थानिय ७०, सेतो मूला (हाइब्रीड) ३०, भन्टा लाम्चो ४०, बोडी (तने) ५०देखि ५५ रुपैयाँ सम्म रहेको छ ।

हरेक दिन कालीमाटी बजारले तरकारीको मूल्य विवरण सार्वजनिक गर्दछ । बजारमा खुद्रा मूल्य भने केही फरक पर्दछ । घिउ सिमी ९लोकल० ७०, राजमा, १२० रुपैयाँ पर्दछ । यस्तैगरी तितो करेला ३५, लौका ३० परवर (लोकल) ३०, चिचिण्डो २५ रुपैयाँ पर्ने जनाएको छ । यस्तैगरी कुरिलो २००, ब्रोकाउली १२०, सेलरी १६०, पुदीना १६०, तोफु १५०, कागती २००, ताजा माछा (रहु) ३३०, राजा च्याउ २८० रुपैयाँ रहेको छ ।

 

प्रकाशित : 5 July, 2024

प्रतिक्रिया दिनुहोस्