राप्ती नदीमा एक जना बेपत्ता, बाढीमा फसेका २ को उद्धार

सहयात्रा टिभी

काठमाडौं । असार २२, दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।

लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन ।

दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

प्रकाशित : 6 July, 2024

प्रतिक्रिया दिनुहोस्