ओली निवास बालकोटको सुरक्षामा खटिएका इन्स्पेक्टरको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार २२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । आज बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।

भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्सपेक्टर थापा ओली निवासमै हृदयघात भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

‘अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेको छ । पोस्टमार्टम रिपोर्ट नआइ थप भन्न सकिन्न ।’ उनले भने ।

प्रकाशित : 6 July, 2024

प्रतिक्रिया दिनुहोस्