महाकालीमा बहाबले खतराको सतह नाग्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन रोक

सहयात्रा टिभी

कैलाली। असार २३, लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढिरहेको छ ।

मध्यरात २ बजे एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले महाकालीमा अहिले विहान ७ बजे १ लाख ६४ हजार ६६० पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए। नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक जोशीले जनकारी दिए । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउदै आएको छ ।

प्रकाशित : 7 July, 2024

प्रतिक्रिया दिनुहोस्