सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए, सतर्क रहन आग्रह

सहयात्रा टिभी

कोशी । असार २३, सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए । बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन भनिएको प्रजिअ यादवले बताए ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए । बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन भनिएको प्रजिअ यादवले बताए । यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।

प्रकाशित : 7 July, 2024

प्रतिक्रिया दिनुहोस्