सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । असार २३, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो ।


त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 7 July, 2024

प्रतिक्रिया दिनुहोस्