नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । असार २५ , मंगलबारको कारोबारपछि नेप्से परिसूचक २१५२ अंकमा कायम भएको छ । कारोबार रकम पनि बृद्धि भएको छ ।

अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको भयो । कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो ।

समग्र नेप्से परिसूचक १५.७९ अंक (०.७३ प्रतिशत) बढ्दा विकास बैंक समूहको सूचक २.४ प्रतिशत र माइक्रोफाइनान्स समूहको सूचक ३.० प्रतिशत बढ्यो ।

समूहगत रुपमा बैंकिङ ६, विकास बैंक १०९, हाइड्रोपावर १३, जीवन बीमा २७, माइक्रोफाइनान्स १४२, निर्जीवन बीमा ४८, अन्य १० अंक बढे । त्यस्तै फाइनान्स ३, होटल तथा पर्यटन १५, उत्पादन ३५ र व्यापार समूह ९ अंक घटे ।

नेपाल फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.९, जानाकी फाइनान्सको ३.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, जानाकी फाइनान्स, ङादी ग्रुप, र ग्लोबल आईएमई लघुवित्त क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 9 July, 2024

प्रतिक्रिया दिनुहोस्