परराष्ट्र सचिव सेवा लम्साल बुधबार भारत जाँदै

सहयात्रा टिभी

काठमाडौं । असार २६, परराष्ट्र सचिव सेवा लम्साल बुधबार भारत जान लागेकी छन् ।

बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्साल आज भारत जान लागेकी हुन् ।

उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने जनाइएको छ ।

बिमस्टेकमा सहभागी भएकाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने भएका छन् । लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।

 

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्