रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित

सहयात्रा टिभी

काठमाडौं । असार २६, अन्ततः नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको छ ।

रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।

तर, संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी दिए ।

रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ मागेको छ ।

बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन भन्ने विषयमा लेखाले प्रश्न गरेको छ ।

साथै संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ । यसबारे नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्