सबैभन्दा धेरै बलिङ गर्ने एन्डरसन बने विश्वको पहिलो तीव्र गतिका बलर

सहयात्रा टिभी

काठमाडौं । असार २८, इङ्गल्यान्डका जेम्स एन्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर बनेका छन् ।

घरेलु मैदानमा वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा एन्डरसनले यो उपलब्धि हासिल गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय १ खेलमा ५० हजारभन्दा धेरै पटक बलिङ गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने बलरको शीर्ष स्थानमा भने श्रीलङ्काका मुथैया मुरलीधन छन् ।

उनले ४ सय ९५ खेलमा ६३ हजार १ सयभन्दा धेरै पटक बलिङ गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका भारतका अनिल कुम्ब्लेले ४ सय ३ खेलमा ५५ हजार ३ सयभन्दा धेरै बलिङ गरेका छन् । मुथैया र अनिल दुवै स्पिनर बलर हुन् । एन्डरसन भने तीव्र गतिका बलर हुन् ।

यसैगरी जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ४ हजार पटक बलिङ गर्ने चौथो बलर बनेका छन् । यसअघि मुथैया मुरलीधरन, अनिल कुम्ब्ले र अस्ट्रेलियाका शेन वार्नले यो उपलब्धि हासिल गरिसकेका छन् ।

 

प्रकाशित : 12 July, 2024

प्रतिक्रिया दिनुहोस्