सिमलताल दुर्घटनाका अर्का यात्रुको पहिचान खुल्याे

सहयात्रा टिभी

चितवन । असार ३०, गैँडाकोटको थुम्सी नजिकै हिजो शनिबार भेटिएको दुई शवमध्ये अर्को शवको पनि पहिचान भएको छ ।

खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी
भरतपुर(चितवन),२९ असार :
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको पहिरोका कारण बेपत्ता दुई बस र यात्रुको खोजीका लागि शनिबार त्रिशूली नदीमा खटिएका सुरक्षाकर्मी । तस्बिर: कृष्ण आचार्य/रासस

अर्को शव सिमलताल दुर्घटनामा नै परेर बेपत्ता भएका चितवनका विकास परियारको भएको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलका अनुसार मृतक विकासका दाई विजय परियारले आफ्नो भाइ भएको पुष्टि गरेका हुन्

उनको घर माडी नगरपालिका वडा नं। १ रहेको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडाैंतर्फ गइरहेको एन्जल लेखेको बागमती प्रदेश०३–००६ख १५१६ नं। बसमा विकासले यात्रा गरेका थिए । एञ्जल यातायातको यात्रु यसअघि भेटिएको थिएन ।

गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भइसकेको छ । योसँगै अहिलेसम्म ३ जनाको शव भेटिएर पहिचान भएको छ । भने आज बिहानैदेखि खोजी तथा उद्धार कार्य सुरु भएको छ । शुक्रबार सिमलतालमा लेदोसहित आएको पहिरोले बगाउँदा दुईवटा बस र बसका यात्रु बेपत्ता भएका थिए ।

 

प्रकाशित : 14 July, 2024

प्रतिक्रिया दिनुहोस्