बढ्यो सुनको मूल्य, बन्यो नयाँ कीर्तिमान

सहयात्रा टिभी

काठमाडौं । साउन १, सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो ।

तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ । यसअघि आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तथा सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 16 July, 2024

प्रतिक्रिया दिनुहोस्