गोरखा–आरुघाट सडक अवरुद्ध

सहयात्रा टिभी

गोरखा । साउन ३, गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति गरेपछि सडक अवरुद्ध भएको छ ।

af9Ln] Iflt k’¥ofPsf] a]lg3f6–cf?3f6 8fOe{;g k’n
uf]/vf, # ;fpg M a]lg3f6–cf?3f6 ;8sv08 cGt{ut kg]{ uf]/vfsf] eLd;]g yfkf ufpFkflnsf–& / ;lxb nvg ufpFkflnsf–( hf]8g] Hofb’nvf]nfl:Yft 8fOe;{g k’ndf af9Ln] k’¥ofPsf] Iflt . tl:j/ M bLks >]i7÷/f;;

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोलाको डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति गरेको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याबिन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन् । सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न पनि असहज भएको छ ।

प्रकाशित : 18 July, 2024

प्रतिक्रिया दिनुहोस्