करेन्ट लागेर महिलाको मृत्यु

सहयात्रा टिभी

धनगढी । साउन ३, कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा पोछा लगाउनेक्रममा लम्कीचुहा नगरपालिका –२ बघनियाका ४० वर्षीया लक्ष्मी जैसीको ज्यान गएको हो ।

पोछा लगाउनेक्रममा फ्रिज पछाडिको तार छुन गई घटनास्थलमा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 18 July, 2024

प्रतिक्रिया दिनुहोस्