केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजार परिसूचक नेप्से ६१ अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ६, हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल चैत २२ गते साढे ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ विन्दुमा झरेको नेप्से त्यसयता यो विन्दुमा पुग्न सकेको थिएन ।

आज सबै समूहको शेयर बढेकोमा होटल, व्यापार, उत्पादन, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय १५ वटा कम्पनीका ४ करोड ११ लाख कित्ता शेयर १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको छ ।

 

प्रकाशित : 21 July, 2024

प्रतिक्रिया दिनुहोस्