केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्राफिक प्रहरीद्धारा एक वर्षमा झण्डै दुई अर्ब राजश्व संकलन

सहयात्रा टिभी

काठमाडौं । साउन ६, ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै दुई अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपाल प्रहरीले पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यो आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार सवारी कारबाहीमार्फत राजश्व संकलन प्रहरीको मुख्य जिम्मेवारी नभएपनि यातायात व्यवस्था ऐन अन्तरगत कारबाही गर्ने गरिएको छ ।

यो आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ भने ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएको कार्कीले बताए । उनका अनुसार, यो अवधिमा ३५ हजार ४०४ सवारी दुर्घटना भएको छ ।

 

प्रकाशित : 21 July, 2024

प्रतिक्रिया दिनुहोस्