प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सांसदहरूले सवाल-जवाफ गर्दैछन् । आइतबार विश्वासको मत लिएको प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्ने तय भएको हो ।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ । आइतबार ओलीले संसदमा १८८ जना सांसदको विश्वासको मत पाएका थिए । यस्तै विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरेका थिए ।

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्