केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजारको तीव्र उतारचढाव पछि २४८८ मा रोकियो

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।

कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ स् १४ मा २४६४ अंकमा झरेको बजार ११ स् २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ स् २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।

अन्ततः बजार २४८८ अंकमा बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो । ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो ।

 

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्