केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो । अर्घाखाँची १ (क) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

नेकपा माओवादी जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिए थिए ।

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्