चितवनमा गैंडा मृत फेला

सहयात्रा टिभी

चितवन । साउन ८, चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्