टीका पुन र राजनराज सिवाकोटीकाे‘पान पुतली माया’ गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, राजनराज सिवाकोटी र टीका पुनको स्वरमा ‘पान पुतली माया’ गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको भिडियो रिलिज गरिएको हो । गीतमा शब्द तथा संगीत राजनराजकै छ भने एरेन्ज राजन इशानले गरेका छन् ।

रोमान्टिक जोडीको प्रेमकथालाई निर्देशक दिलीप समनले भिडियोमा उतारेका छन् । भिडियोमा गीता ढुंगाना र सुनिल न्यौपानेले अभिनय गरेका छन् । भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र नकुल खड्काको सम्पादन छ । मीना बर्तौला निर्माता रहेको गीतको भिडियो ‘समीप इन्टरटेनमेन्ट’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्