टीआरसी सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका हुन् । बिहान ११ बजेदेखि बैठकमा बस्न लागेको एक नेताले बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेकाे कार्यदलकाे कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बाेलाएकाे एक नेताले बताए ।

 

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्