भ्रष्टाचार तथा अनियमितताको छानबिन अघि बढाउन ज्ञानेन्द्र शाहीको माग

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सत्तारुढ दल कांग्रेस एमालेलाई सार्वजनिक चर्चामा रहेका सबै भ्रष्टाचार तथा अनियमितताको छानबिन अघि बढाउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भविष्यमा आफैं प्रतिपक्षमा पुगेका बेला भ्रष्टाचार काण्डको नाम लिएर छानबिनको माग गर्न नपर्ने गरी काम गर्न आग्रह गरेका हुन् ।

संसदमा दलहरुको प्रतिपक्ष र सत्तापक्षमा आसन फेरिएपछि बोली पनि फेरिएको भन्दै सांसद शाहीले सत्तापक्ष र प्रतिपक्ष जोसुकै जोडिए पनि भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए ।

भ्रष्टाचार र अनियमितताका विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलिरहेको भन्दै उनले सत्तामा सँगै हुँदा मिल्ने र सत्ता छाडेपछि फेरि आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरे ।

 

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्