प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

सहयात्रा टिभी

काठमाडौं । साउन ९, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ११ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 24 July, 2024

प्रतिक्रिया दिनुहोस्