प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

सहयात्रा टिभी

काठमाडौं । साउन ९, प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् । साथै एक आयोग बनाउने तयारी छ ।

 

 

 

प्रकाशित : 24 July, 2024

प्रतिक्रिया दिनुहोस्