बेनी–जोमसोम अँधेरीखोलामा पहिरो रोकथामको काम शुरु

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ुरक एङ्करिङु प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इन्जिनियर सोहनजङ्ग कार्कीले सडकमाथिको पहाडमा (ड्रिलिङु गरेर रड राखी, ढलानसहितको )बेस बनाएर पहिरो रोकथामको काम थालिएको बताउनुभयो ।

(रक एङ्करिङु गर्न ३० मिटर )ड्रिलिङु गरेर धमाधम रड राखिँदैछ ।  राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।

 

प्रकाशित : 25 July, 2024

प्रतिक्रिया दिनुहोस्