केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कीर्तिपुरका मेयर नकर्मी गम्भीर विरामी भएपछि आइसीयूमा

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी गम्भीर विरामी भएका छन् ।

गम्भीर विरामी भएपछि उनलाई वीर अस्पतालको आइसीयूमा सारिएको छ । मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएको नगरकी कार्यवाहक प्रमुख सुनिता शाक्यले जानकारी दिइन् ।

उनले भनिन्, ‘उहाँलाई पहिलेबाट नै मृर्गौला सम्बन्धी समस्या थियो, आजदेखि गाह्रो भएर आइसीयूमा राखिएका हो । उहाँको उपचारमा कमी हुन नदिन नगरको तर्फबाट पहल भइहेको छ।’

मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै शाक्यलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका थिए ।

 

 

प्रकाशित : 25 July, 2024

प्रतिक्रिया दिनुहोस्