पोखरामा स्कुल बस दुर्घटना

पोखरा । साउन १४, पोखरा महानगरपालिका-२१, फुर्सेखोलामा स्कुल बस दुर्घटना भएको छ । बिरौटामा रहेको एलपी देवकोटा स्कुलको बस सोमबार बिहान दुर्घटना भएको हो ।
बसमा २२ विद्यार्थी र चालक र सहचालक गरी २४ सवार थिए । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।