जापानको साडो सुनखानी युनेस्कोको विश्व सम्पदा सूचीमा

सहयात्रा टिभी

काठमाडौं । साउन १४, जापानको एउटा सुनखानी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ ।

दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएपछि मध्य जापानको साडो टापुमा रहेको साडो सुनखानी विश्व सम्पदा सूचीमा समावेश भएको हो ।

यसअघि दोस्रो विश्वयुद्धकाक्रममा यस खानीमा कोरियाबाट झण्डै २ हजार मानिसलाई जबरजस्ती श्रमका लागि राखिएको भन्दै दक्षिण कोरियाले आपत्ति जनाएको थियो ।

जापान खानी सञ्चालनको सम्पूर्ण इतिहास पारदर्शी रूपमा खुलाउन सहमत भएपछि दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएको जापानी सञ्चार माध्यम द जापान टाइम्सले जनाएको छ ।

सोह्रौँ शताब्दीको शुरुमा यस खानीमा उत्खननको काम गरिएको थियो । साडो टापु ज्वालामुखी लाभाबाट बनेका पहाडहरू मिलेर बनेको छ जसको बीचमा रहेको कुनिनाका भनिने समतल भूमिमा सुन र चाँदीको ठूलो भण्डार भेटिएको बताइन्छ ।

 

प्रकाशित : 29 July, 2024

प्रतिक्रिया दिनुहोस्