कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । साउन १४, संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

तर दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए ।यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि प्रधानलाई अनुमोदन नगर्न चर्को दबाव छ ।

 

प्रकाशित : 29 July, 2024

प्रतिक्रिया दिनुहोस्