आम चुनावको २० महिनापछि संघीय संसदको समिति गठन

सहयात्रा टिभी

काठमाडौं । साउन १५, आम चुनावको २० महिनापछि संघीय संसदको एउटा समिति गठन हुन लागेको छ ।

संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन् । त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने गठन नै हुन सकेको थिएन ।

कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख देवराज घिमिरे समिति गठन गर्न लागेका हुन् ।

मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावलाई सभाले स्वीकार गरेसँगै समिति गठन हुनेछ ।

प्रकाशित : 30 July, 2024

प्रतिक्रिया दिनुहोस्