शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन
सहयात्रा टिभी
काठमाडौं । साउन १७, संगीतकार एवम् गायक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ६ बजे उनको निजी निवास सिरहामा निधन भएको हो। ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए।
परिवारिक स्रोतका अनुसार बिहीबार बिहान ६ बजे उनको सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको घरमा निधन भएको हो । लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए । नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।