मनसुनमा निरन्तर पर्यटक आगमन घट्दै

सहयात्रा टिभी

काठमाडौं । साउन १७, नेपालमा मनसुन याम सुरु भएसँगै पर्यटक आगमन खस्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सन् २०२४ कै सबैभन्दा कम पर्यटक आएका छन् ।

यो महिना ६४ हजार ५ सय ९९ पर्यटक नेपाल आएका छन् । यो यस वर्ष कुनै पनि महिना आएको पर्यटकको सबैभन्दा कम संख्या हो ।

कोरोना भाइरस महामारी आउनु अगाडिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत यस महिना पर्यटक कम आएको देखिन्छ । उक्त वर्ष जुलाईमा ७० हजार ९ सय १६ पर्यटक आएका थिए ।

एक त मनसुनमा आगमन नै कम हुने र अर्कातर्फ मनसुनको समयमा नेपालमा हुने घटनारदुर्घटनाले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक समाचारको असर बढी हुने हुँदा धेरैले नेपाल यात्रा रद्द समेत गर्छन् ।

अघिल्लो महिना मुख्य राष्ट्रिय राजमार्गबाट दुई वटा बस त्रिशूली नदीमा बगेर हराउनु र एउटा जहाज दुर्घटनाले नेपालको अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक प्रचार धेरै भएको छ ।

 

 

प्रकाशित : 1 August, 2024

प्रतिक्रिया दिनुहोस्