नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न क्यानले निकाल्यो सूचना

सहयात्रा टिभी

काठमाडौं । साउन १८, नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ । अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो । फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ ।

जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ । यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरु विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ । दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित : 2 August, 2024

प्रतिक्रिया दिनुहोस्