लेस्टरका पूर्व प्रशिक्षकको निधन

सहयात्रा टिभी

एजेन्सी । साउन १८, लेस्टर सिटीका पूर्व प्रशिक्षक क्रेग शेक्सपियरको ६० वर्षको उमेरमा निधन भएको छ । शेक्सपियरले गत २०२३ अक्टोबरदेखि क्यान्सरको उपचार गराइरहेका थिए ।

लेस्टरका प्रशिक्षकसँगै उनले वेस्ट ब्रोम, हल, एभर्टन, वाटफोर्ड, एस्टन भिल्ला र नर्विच सिटीमा पनि काम गरेका थिए । उनी सन् २०१६ मा इंङल्याण्डको सहायक प्रशिक्षक समेत बनेका थिए । लिग प्रबन्धक संघमार्फत उनको परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा शेक्सपियरको ‘परिवारले घेरिएको घरमा शान्तिपूर्वक निधन भएको’ बताएको छ ।

शेक्सपियर २०१५–१६ क्लाउडियो रानिएरीको सहायक थिए । त्यसबेला लेस्टरले अविश्वसनीय रुपमा प्रिमियर लिगको उपाधि जितेको थियो । उनले फेब्रुअरी २०१७ मा रानिएरीको स्थान लिदै लेस्टरको मुख्य प्रशिक्षक बने । तीन वर्षको लागि प्रशक्षक बनेका उनी अक्टोबरमा बर्खास्त हुन पुगेका थिए । उनी १० अप्रिल २०२३ मा लेस्टरकै सहायक प्रशिक्षक बनेका थिए । मिडफिल्डरको रूपमा आफ्नो खेल जीवनको दौडान, उनले वाल्सल, शेफिल्ड वेनडेसडे, वेस्ट ब्रोम, ग्रिम्स्बी, स्कुनथोर्प, टेलफोर्ड र हेडनेसफोर्डका लागि खेलेका थिए ।

प्रकाशित : 2 August, 2024

प्रतिक्रिया दिनुहोस्