धरानमा शुल्क वृद्धिको विरोधमा लगाए खानेपानी काउन्टरमा ताला

सहयात्रा टिभी

काठमाडौँ । साउन २१, धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् ।

२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको छैन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको उनको तर्क छ । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।

त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका हुन् ।

माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए । ‘हाम्रो धेरै माग छैन, बोर्डले पुरानै शुल्क कायम गरे ताला खोल्छौं’, उनले भने,‘ बढेको शूल्क नघटेसम्म तालाबन्दी खोल्दैनौं ।’

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसशुल र शुल्क वृद्धि गरेको थियो ।

 

प्रकाशित : 5 August, 2024

प्रतिक्रिया दिनुहोस्