कीर्तिपुरमा पहिरो, हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध

काठमाडौं । साउन २२, निरन्तरको वर्षाले पहिरो जाँदा हेटौँडा-चोभार सडकखण्ड अवरुद्ध भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
उपत्यकासहित देशभरि अहिले पनि वर्षा जारी रहेको छ । निरन्तरको वर्षाले बाढी पहिरोका घटना बढ्न सक्ने भन्दा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै काठमाडौं महानगरपालिका-१६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेर त्यस क्षेत्रमा घर पसल डुबानमा परेका छन् ।