सहकारी छानबिन समितिद्धारा रवि लामिछाने सहित २६ जनासँग सोधपुछ

सहयात्रा टिभी

काठमाडौं । साउन २२, सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ ।

विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको स्रोतले बतायो । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने स्रोतको भनाइ छ ।

समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो ।

त्यस्तै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ ।

प्रहरीले चलाएको सहकारी ठगीका मुद्दा समेत अध्ययन गरेको छानबिन समिति सभापति सूर्य थापाले बताए ।

 

प्रकाशित : 6 August, 2024

प्रतिक्रिया दिनुहोस्