केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित : 7 August, 2024

प्रतिक्रिया दिनुहोस्