आज सुनको मुल्या कति ?

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, पछिल्लो दुई दिनदेखि घटिरहेको सुनको ओरालो यात्रामा ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुन बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाली बजारमा आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हाजर ७ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदीलाई आज १ हजार ६ सय ९० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

प्रकाशित : 8 August, 2024

प्रतिक्रिया दिनुहोस्