नेप्से परिसूचक ६.७ अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । साउन २४, साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २० अर्ब ७ करोडको कारोबार भएको छ ।

अघिल्लो दिन १७ अर्ब ९५ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक भने यस दिन ६।७ अंक बढेको छ ।

सो अंकको वृद्धिसँगै परिसूचक २७६६ अंकमा कायम भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

दुई कम्पनी शिवम् सिमेन्ट र हिमालयन रिको कारोबार १–१ अर्बमाथिको भएको छ । शिवम् सिमेन्ट, हिमालयन रिसहित निफ्रा, सोनापुर सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, नेपाल फाइनान्स, एचआईडीसीएल, अपी पावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 8 August, 2024

प्रतिक्रिया दिनुहोस्