धरान उपमहानगर अगाडि खानेपानी महसुलविरुद्ध नाराबाजी

सहयात्रा टिभी

काठमाडौं । साउन २४, धरान नगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ ।

महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको बताए । त्यस क्रममा एक जना प्रहरी कर्मचारीको औंलामा चोट लागेको उनले बताए ।

प्रदर्शनमा करिब २०० जना सहभागी छन् । प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन् । ‘सामान्य धकेलाधकेल भएको हो, झडपको स्थिति छैन’, उनले भने ।

महसुल वृद्धिविरुद्ध बिहीबार बिहान उपमहानगर अगाडि धर्ना दिएका थिए ।

 

 

 

प्रकाशित : 8 August, 2024

प्रतिक्रिया दिनुहोस्