प्रधानसेनापतिको कार्यभार अशोकराज सिग्देलले सम्हाले

काठमाडौं । साउन २४, नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।
प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् ।
शर्मा पदावधिको हदले नेपाली सेनाबाट आजदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।
उनी भोलिबाट बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।
नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी शर्माले करिब ४१ वर्ष सेवा गरेका गरेका छन् ।