बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा गर्न शेखर कोइरालाको आग्रह

सहयात्रा टिभी

काठमाडौं । साउन २५, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन् ।

यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको समेत बताए । बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्। गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिइसकेकी छन् । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्