महानगरको कार्यालय अगाडी टुकुचा खोलामाथि रहेको सडक भासियो

सहयात्रा टिभी

काठमाडौं । साउन २५, काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।

 

 

 

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्