सार्वजनिक लेखा समितिले अनावश्यक दस्तावेज प्राधिकरणलाई नै फिर्ता गर्दै

काठमाडौं । साउन २५, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएका अधिकांश कागज फिर्ता गर्ने भएको छ ।
समितिले माग्दै नमागेका १ लाख पेजभन्दा बढी कागज प्राधिकरणले बिहीवार पेश गरेपछि समितिले अनावश्यक दस्तावेज नहेर्ने बताएको हो ।
समितिले जे मागेको छ, ती दस्तावेज अध्ययन गर्ने र नमागेका र अनावश्यक दस्तावेज फिर्ता गर्ने सभापति पोखरेलले बताए । ‘समितिले जे मागेको छ, त्यो दिने हो ।
हामीले प्राधिकरण नै उठाएर ल्याउनुस् भनेका होइनौं । चाहिनेबाहेकका दस्तावेज हेर्दैनौं, त्यो आवश्यक नै छैन, उतै फिर्ता पठाउँछौं,’ सभापति पोखरेलले भने ।
लेखा समितिसँग डेडिकेटेड र ट्रंक लाइनसँगसम्बन्धित धेरै तथ्य, प्रमाण र कानूनहरु रहेको उनले बताए ।