आज ३० औं विश्व आदिवासी दिवस काठमाडौंमा मनाइँदै
सहयात्रा टिभी
काठमाडौं । साउन २५, आज ३० औं विश्व आदिवासी दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ ।
मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका छन् । र्यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।
भृकुटीमण्डपबाट निकालिएको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत हुने छ ।