भ्रष्टाचारविरुद्ध महाअभियानको घोषणा गर्नुपर्ने : दिनेश कोइराला

सहयात्रा टिभी

काठमाडौं । साउन २५, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने धारणाब पार्टी बैठकमा राखेका छन् ।

शुक्रबार बसेको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै कोइरालाले भ्रष्टाचारको छानबिन गरी सम्बन्धित निकायलाई कारबाहीको सिफारिस गर्न नागरिक उच्चस्तरीय आयोगको आवश्यकता रहेको बताए ।

कांग्रेस सबैभन्दा ठूलो पार्टी हुनुका नाताले नागरिकप्रतिको जिम्मेवारी स्वतः बढी रहेको उनले बताए । आफ्नो वैचारिक नेतृत्व स्थापित भए पनि नेपाली कांग्रेसले त्यसको जस या लाभ भने लिन नसकेको उनले बताए ।

 

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्